जापानबारे लेख/रचना आह्वान गरिएको बारे।
जापान र नेपालका जनता बिच आपसी समझदारी र मित्रता वृद्धि गर्न, जापानबारे अध्ययन अनुसन्धान गर्ने विद्वान्, अनुसन्धानकर्ता तथा लेखक नेपालीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले यो पुरस्कार विगत १५ वर्षदेखि सञ्चालन हुँदै आएको छ।
नियमहरू:
१. लेख/रचनाको विषय जापानको सामाजिक, मानविकिशास्त्र (समाजशास्त्र, शिक्षा, अर्थशास्त्र, राजनितिशास्त्र, कला, जापानी संस्कृति, धर्म तथा जापानी भाषा) तथा विज्ञान तथा प्रविधिमा आधारित हुनुपर्नेछ।
२. लेख/रचना तीन हजार शब्द भन्दा बढी नहुने गरी शुद्ध नेपाली भाषामा सन्दर्भ सामाग्री स्पष्ट हुनेगरी लेखिएको हुनुपर्नेछ, साथै अङ्ग्रेजीमा एक अनुच्छेदमा नबढाई सारांश पनि पठाउनु पर्नेछ।
३. उत्कृष्ट लेख/रचनाहरूको छनौट, छनौट-समितिले गर्नेछ र उत्कृष्ट लेख/रचनाहरू पुरस्कृत गरी प्रकाशित गरिनेछ। प्रकाशित लेख/रचनालाई पुरस्कार स्वरूप प्रति लेख/रचना रू. १५,०००।- (अक्षरूपी रू. पन्ध्र हजार मात्र।) तथा सम्मान-पत्र प्रदान गरिनेछ।
४. लेख/रचना फाल्गुन ३ गते (तदनुसार Feb 15,2020) सम्म तलको इमेल ठेगानामा pdf format मा बुझाउनु पर्नेछ। यस सँगै आफ्नो छोटो बायोडाटा र फोटो सङ्लग्न गर्नुपर्नेछ। लेख/रचना मौलिक, पूर्व प्रकाशित नभएको, इन्टरनेटबाट उतार नगरिएको हुनुपर्नेछ।
५. प्राप्त सामाग्रीहरूको कानुनी अधिकार JUAAN मा रहनेछ।
थप जानकारीको लागि: