जापानबारे लेख/रचना आह्वान
नेपाली र जापानी जनता बिच आपसी समझदारी र मित्रता गहिरो, दरो, सुगठित र संवृद्ध गर्ने अभिप्रायले जापानबारे अध्ययन अनुसन्धान गर्ने विद्वान्, अनुसन्धाता नेपाली लेखकहरूलाई घच्घच्याउने उद्देश्यले ‘साकाई लायन्स क्लब तथा इमानिसी मेमोरियल फेलोसिप ट्रस्ट’ द्वारा विगत १५ वर्षदेखि संचालन हुँदै आएको प्रतियोगितात्मक विद्वद्वृत्ति यस वर्ष पनि यसै सूचनाद्वारा आह्वान गरिएको छ ।
नियमहरू
१. लेख/रचनाको विषय जापानको सामाजिक र मानविकी शास्त्र (समाजशास्त्र, शिक्षा, अर्थशास्त्र, राजनीति शास्त्र, कला, संस्कृति, धर्म अथवा भाषा, आदि) अथवा विज्ञान तथा प्रविधिमा आधारित हुनुपर्नेछ ।
२. लेख/रचना तीन हजार शब्द भन्दा बढी नहुने गरी शुद्ध नेपाली भाषामा सन्दर्भ सामग्री स्पष्ट हुने गरी लेखिएको हुनुपर्नेछ। त्यसका साथै अंग्रेजीमा एक अनुच्छेदमा नबढाई (१५ शब्द भित्रमा) सारांश पनि पठाउनु पर्नेछ ।
३. उत्कृष्ट लेख/रचनाहरुको छनौट समितिले गर्ने छ र उत्कृष्ट लेख/रचनाहरु पुरस्कृत गरी प्रकाशित गरिनेछ । प्रकाशित लेख/रचनालाई पनि उचित पुरस्कार तथा सम्मान—पत्र प्रदान गरिनेछ ।
४. लेख/रचना फाल्गुन १३ गते (तद्नुसार १ मार्च २०२४) सम्म तलको इमेल ठेगानामा पठाउनु पर्ने छ । यससँगै आफ्नो छोटो व्यक्तिवृत्तान्त र फोटो संलग्न गर्नु पर्नेछ । लेख/रचना पूर्व प्रकाशित नभएको र मौलिक हुनुपर्छ र इन्टरनेटबाट उतार नगरिएको हुनुपर्नेछ ।
५. प्राप्त सामाग्रीहरुको कानुनी अधिकार जुआनमा रहनेछ ।
JAPANESE UNIVERSITIES ALUMNI ASSOCIATION, NEPAL (JUAAN)
Email: info@juaan.org.np, Website: www.juaan.org.np